स्याङ्जाको आमडाँडामा जिप खस्दा १२ यात्राु घाइते

कात्तिक १३ ।स्याङ्जा, स्याङ्जा पुतलीबजार नगरपालिका ९ स्थित आमडाँडामा जिप खस्दा १२ जना घाइते भएका छन ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ सतौँबाट छुटेको ग १ ज ५०१७ को जीव बिहान अन्दाजी साढे ९ बजे आमडाँडाबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार १२ जना घाइते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको हुँदा गण्डकी अस्पताल पोखरामा रिफर गरेको छ ।

घाइते हुनेहरुमा पुवनापा ८ बस्ने चाँदनी कार्की, बर्ष ५४ को टेकनारायण पौडेल, बर्ष ९ को संघम कार्की, बर्ष ६० को सावित्रा अधिकारी, बर्ष ३५ को मैना कार्की, बर्ष ३० को डिलमाया कार्की, खगेन्द्र पौडले, वाड ७ बस्ने देवी पौडेल, वाड ११ बस्ने बर्ष २८ को कृष्ण अधिकारी, चालक बर्ष २४ को एकबहादुर विसी, बर्ष २१ को रोशन पराजुली र बर्ष २१ को नरेश क्षेत्री रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले जनाएका छन् ।

सुवेदीका अनुसार गम्भिर घाइते हुने ९ जनालाई पोखरा गण्डकी अस्पतालमा रिफर गरिएको छ भने अन्य ३ जनालाई जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु