कात्तिक १० । काठमाडौं, छोराको हत्यारालाई कार्बाहीको माग गर्दै अनसन बस्ने क्रममा मृत्यु भएका नन्दप्रसाद अधिकारीको अन्त्येष्टी गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले नन्दप्रसादको अन्त्योष्टी गर्ने निर्णय गरेको हो ।
वीर अस्पतालमा अनसनकै अवस्थामा मृत्यु भएका नन्दप्रसादको शव बुझ्न उहाका छोरा नआएपछि अहिलेसम्म उहाको शव शिक्षण अस्पताल महाराजगन्जमा छ ।
नन्दप्रसादका छोरा नुरप्रसादले शव बुझ्न नआएपछि बुवासँगै अनसन बस्नु भएकी आफ्नी आमालाई समेत नुरप्रसाद वेवास्ता गरिरहेको स्रोतले जनाएको छ ।
गोर्खा फुजेलका नन्दप्रसाद र गंगामायाले सशस्त्र द्वन्द्वकाल विद्रोहीपक्षबाट मारिएको आफ्नो छोरो कृष्णप्रसादको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै बीर आमरण अनसन बसेका थिए ।
अनसन बसेकै अवस्थामा नन्दप्रसादको निधन भएको थियो । गंगामायाले भने गत साता अनसन तोड्नु भएको थियो ।








