कात्तिक ८ । सर्लाहीका दुई स्थानमा भएका छुट्टा छुट्टै दुर्घटनामा परी ६ जना घाईते भएका छन ।
गम्भिर घाईते चार जनालाई उपचारका लागि काठमाण्डौ र विरगंज पठाइएको जिल्ला ट्राफीक प्रहरी कार्यालयले जानकारी दिएको छ । गएराती पौने १० बजे पुर्वपश्चिम लोकमार्ग स्थित लालवन्दीमा पुर्व जादै गरेको ज ६ प ८१ ९६ मोटरसाइकलले ठक्कर दिदा फील्महलवाट रात्री शो
हेरेर फर्केका दर्शक र मोटरसाईकलमा सवार रहेका सहित चार जना घाईते भएका हुन ।
गम्भिर घाईते नेत्रगंज गाविस वडा नम्वर ६ का चालक २३ वर्षका संजय लामा, साईकल यात्रु लालवन्दी नगरपालिका २ का १९ वर्षिय विनय गोले र पैदल यात्री नोकेल्वा गविस ६ का १८ वर्षिय रामआलोक यादवलाई थप उपचार गर्न काठमाण्डौ पठाइएको छ ।
सामान्य घाईते लालवन्दी नगरपालिका ४ का १९ वर्षिय अर्जुन घिसिड र मोटरसाईकल पछाडी वस्ने लालवन्दी नगरपालिका ४ कै १६ वर्षिय सनम मगरको स्थानीय मोडल अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै राती ८ बजे धनगढा गाविस वडा नम्वर ७ निवासी २८ वर्षिय गान्धिदेवी राय टाटा सुमोको ठक्करवाट गम्भिर घाइते हुनु भएको छ ।








