आफ्नै आमाको हत्या

रुकुम,रुकुमको पूर्वी महत गाविस-१ मा धनप्रसाद बुढाले खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् ।

अठ्ठाइस वर्षीय बुढाले ५५ वर्षीया आमा सुनपुरा बुढाको खुकुरी प्रहार गरी बुधवार राती हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आमाको हत्या गरी फरार रहेका बुढाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताउनुभयो ।

सामान्य घरायसी विवादमा आमाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

स्थानीयवासीका अनुसार फरार अभियुक्त एक मात्र छोरा हुन् ।

घटनास्थल जिल्ला सदरमुकाम खलङ्गादेखि २२ कोष उत्तर–पूर्वमा छ ।

सम्बन्धित शिर्षकहरु