ढाकामा भएको भागदौडमा १० हिन्दू तीर्थालूको मृत्यु

चैत १३ ।ढाका, बङ्गलादेशको राजधानी ढाकाको बाहिरी इलाकामा हिन्दु धर्मावलम्बीबीच भएको भागदौडमा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । भागदौडमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका प्रहरी र प्रत्यक्षदर्शीहरुले बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त भागदौड शुक्रबार ब्रह्मपुत्र नदीमा हिन्दुहरुको वार्षिक पर्वमा सहभागी हुन आएका हजारौ तीर्थयात्रीबीच भएको जनाइएको छ ।
प्रहरी निरीक्षक नासिर अहमदका अनुसार सो घटनामा परी सात महिला र तीन पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।
भागदौडको कारण अनुसन्धानरत रहेको बताइए पनि असामान्य रुपमा उच्च सङ्ख्यामा तीर्थयात्री हुनु नै दुर्घटनाको कारण हुनसक्ने अहमदले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
भागदौडमा भारी सङ्ख्यामा व्यक्तिहरुको सहगागिता रहेको र अझै पनि त्यहाँको सडकमा हजारौँ जुत्ता रहेको अहमदले जानकारी दिएका छन् ।
ब्रह्मपुत्र नदीमा मनाइने वार्षिक हिन्दु पर्व अष्टमी स्नानको क्रममा भएको उक्त भागदौडमा कम्तीमा ५० व्यक्ति घाइते भएका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।त्यहाँ सहभागी तीर्थयात्रीहरुमा छिमेकी राष्ट्र भारत र नेपालका समेत रहेका जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु