तातोपानी बाट १३ किलो सुनसहित एक जना पक्राउ

चौतारा,चीनको खासाबाट अवैधरुपमा नेपाल भित्रयाउन लागेको १३ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रु पाँच करोड ८५ लाख मूल्यको सुन तातोपानी गाविस–९ गोक्चेनस्थित अस्थायी प्रहरी पोस्टबाट नेपाली मूलका तिब्बती नागरिक कान्छा शेर्पालाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीको आधारमा शेर्पालाई सोमबार साँझ पक्राउ गरिएको सीमा प्रहरी कार्यालय तातोपानीका प्रहरी निरीक्षक केशवकुमार साहले जानकारी दिनुभयो ।

शेर्पाले कपडाको पेटी बनाएर कम्मरमा बाँधेर ल्याइएको अवस्थामा सुन पक्राउ गरिएको हो ।

सम्बन्धित शिर्षकहरु