कत्तिक ३, काठमाडौँ – सधै महंगीको समाचार पढेर आजित हामी नेपालीलाई नेपाल आयल निगमले खुशीको खबर दिएको छ । हो नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोलमा दुई रुपैयाँ ५९ पैसा, डिजेल र मट्टितेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको छ । अव पेट्रोलको मूल्य प्रतिलिटर एक सय ३० रुपैया हुनेछ । डिजेल र मट्टितेल अव प्रतिलिटर एक सय ३ रुपैयाँमा किन्न पाइनेछ । सरकारले लागु गरेको स्वचालित मुल्य अनुसार निगमले प्रेत्रोलियामको मुल्यमा समायोजन गरेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमको नाफा बढेको थियो ।
निगमको अहिले नाफा ४७ करोड ६९ लाख रुपैयाँ छ । अन्र्तराष्ट्रिय बजारमा मुल्य घटेपछि आइओसीले भारतमा पनि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घटाएको थियो । तर, नेपालमा भने लागु गरिएको थिएन । सरकारले असोज १३ गतेबाट पेट्रोलियममा स्वचालित मुल्य प्रणाली लागु गरेको थियो ।








