काठमाडौँ, सरकारले पेट्रोलियम पदार्थको आयात तथा वितरणलाई सुलभ, व्यवस्थित र प्रभावकारी बनाउने योजना अघि सारेको छ ।
वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थलाई निजीकरण गरेर प्रतिस्पर्धात्मक रुपमा अघि बढाउने तयारी गरिएको बताउनुभयो ।
चेम्बर दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले ठुलो प्रयासपछि पेट्रोलियम मूल्यलाई अटोप्राइज (स्वचालित) गरिएको भन्दै इच्छाशक्ति हुँदा गर्न सकिन्छ भन्ने उदाहरण भएको उल्लेख गर्नुभयो ।
सरकारले व्यवसाय गर्ने नभई सहजीकरण मात्र गर्ने बताउदै उहाँले निर्यातमूखि व्यापारलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यावसायिक लगानीको वातावरण निर्माणका लागि सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोडदिनुभयो ।
सोही अवसरमा चेम्बर भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए ।








