गोली हानी साधुको हत्या

चैत २० ।लहान, सिरहाको दक्षिणी सीमावर्ती लगडीगोठ गाविस– ३ का एक साधुको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ ।५५ वर्षीय साधु रामशङ्कर मण्डलको हत्या भएको प्रहरीले जनाएको छ । भारतको विहार बधौरा भजनकीर्तनका लागि चार साथीसँग गइरहेका बेला बिहीबार नेपाल भारत सीमा क्षेत्रमा उहामाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका मण्डललाई तत्काल परिवारलाई खबर गरी बिहीबार नै उपचारका लागि भारतको जयनगर लगिएको थियो । तर पनि पुनः जिल्ला अस्पताल सिरहा फिर्ता ल्याइएपछि राति अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मण्डलको ढाडमा एक गोली लागेको छ । घटनाको छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु