घुस लिदै गर्दा नापी कार्यालयका कर्मचारी पक्राउ

बुटवल,अख्तियारको टोलीले नापी कार्यालय रुपन्देहीका सर्वेक्षक राजेन्द्रलाल श्रीवास्तवलाई घुस लिदालिदै पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिदा लिदै श्रीवास्तव पक्राउ परेका हुन ।

अख्तियारको बुटवल स्थीत कार्यालयका प्रमुख निराजन घिमिरेका अनुसार अख्तियार खटिएर गएको तीन जनाको टोलीले श्रीवास्तवलाई शुक्रबार पक्राउ गरेको हो ।

नापी कार्यालयको भैरहवा स्थीत हाता भित्रै जग्गा कित्ताकाटका लागि सेवाग्राहीसगबाट तीन हजार रुपैया लिदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

५ हजार रुपैया पहिला नै बुझाइसकेको अवस्थामा थप तीन हजार घुस लिदै गर्दा उनलाई पक्राउ गरिएको घिमिरेले बताउनु भयो ।

पक्राउ परेका श्रीवास्तवबाट बयान लिने क्रम जारी रहेको भन्दै घिमिरेले थप अनुसन्धान अगाडी बढाएको बताउनु भयो ।

पछिल्लो समयमा जनताले प्रत्यक्ष सेवा लिने जनचासोका कार्यालयहरुमा निगरानी बढाइएको समेत उहाले बताउनु भएको छ ।

स्वस्थ्य, शिक्षा, मालपोत, नापी, वन जस्ता कार्यालयहरुका बारेमा उजुरी बढेको अख्तियारको बुटवल स्थीत कार्यालयले जनाएको छ ।

अख्तियारको बुटवल सम्पर्क कार्यालयले पछिल्लो पटक लुम्विनी अञ्चलका विभिन्न जिल्लाका अनियमित प्रकरणबारे गहन अध्यान थालेको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु