असनेपालन्युज ,सिड्नी । अस्ट्रेलियामा बसोवास गर्ने गजलकार हरूलेसिड्नीमा एक गजल वाचन उत्सवको आयोजना गर्ने भएका छ्न्। ‘गजल मुसायरा ‘ नामको सो गजल वाचन कार्यक्रमको मुख्य आयोजक हरूमा विभिन्न संस्था रहेका छन्। सेप्टेम्बर महिनाको पहिलो हप्ता गर्ने तय गरिएको उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया, साताको साहित्य र रचना वाचन समूहले संयुक्त रूपमा आयोजना गर्न लागेको हो। सिड्नीका स्थापित गजलकार तथा नव प्रतिभाहरुको गजल वाचन एवं गायन रहने सो कार्यक्रममा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ। संकलित गजलहरुबाट प्रस्तुत योग्य गजलहरुको कार्यक्रमका निम्ति छनौट गरिने छ। एक गजलकारको तीन देखि चार वटा सम्म गजल प्रस्तुत गरिने भएकाले गजल पठाउँदा कम्तिमा चार वटाहरु पठाउनु पर्नेछ। इच्छुक गजलकारहरु, बिशेष गरेर नव प्रतिभाहरुले आफ्नो गजल पठाउनका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क राख्न समितिले अनुरोध गरेको छ।
१. महेन्द्र पौडेल -0411494248
२. जितेन्द्र मल्ल -0402525977
३. निष्प्रभ सजी -0413683748
४. गोपी दवाडी -0433056363
अथवा ghazalmusayara@gmail.com मा आफ्ना गजलहरु सिधै पठाउन सकिने छ। गजल पेश गर्ने अन्तिमा म्याद अगस्ट १० रहेको छ । सो समयवाधि अगावै आफ्ना रचना पेश गर्न खुल्ला आव्ह्वान गरिएको आयोजक समितिले असनेपालन्युजलाई जानकारी गराएका छन्।
गजल वाचन , गायन र नाच समेत रहने सो कार्यक्रममा १५ देखि १८ सर्जक हरूले आ-आफ्ना रोचक गजल पेश गर्ने छन्। छिटो भन्दा छिटो गजल पेश गर्न सार्वजनिक आव्हान गरेको , गजल मुसायरा आयोजक समितिले असनेपालन्युजलाई जनाएको छ । सिड्नी वाहिरका सर्जकहरूले समेत सो कार्यक्रममा प्रत्यक्ष उपस्थित भई रचना प्रस्तुत गर्न सक्नेछन्। यस अअसनेपालन्यूज डट कम र अन्य केहि मिडियाहरु उक्त कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहने छन।








