भारतीय प्रधानमन्त्री मोदी नेपाल अाउँदै

नयाँ दिल्ली, जेठ २८ — मुलुकमा नयाँ प्रधानमन्त्रीले पद सम्हाले संगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायका अनुशार मोदीको नेपाल भ्रमणको तयारी लागि दुवै पक्षबाट व्यापक गृहकार्य भैरहेको छ र दुवै पक्षको सहमतिमा मोदीको नेपाल भ्रमणको मिति तय हुनेछ । उहाँले बताउनुभए अनुशार मोदीजी नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधुर र मजबुद बनाउने पक्षमा रहेको र नेपाललाई विशेष महत्व दिई, नेपाल–भारत द्धिपक्षीय आर्थिक सम्बन्ध थप मजबुद बनोस् भन्ने पक्षमा रहनुभएको छ ।

पहिलो पटक सन् २०१४ को अगष्टमा र दोस्रो पटक १८ औं सार्क सम्मेलनमा नेपाल आईसक्नु भएका भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्युत परियोजनाको उद्धघाट्नको लागि नेपाल आउन लाग्नु भएको हो । त्यस समयमा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको समेत भ्रमण गर्ने पनि जनाईएको छ । हालसम्म मोदीले दुई पटक नेपाल भ्रमण गरीसक्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु