होमियोप्याथिक उपचारबाट चार हजार भन्दा बढीले फाईदा लिए

असोज २२ ।विराटनगर,विराटनगर उपमहानगरपालिका-२ बाट सञ्चालित निःशुल्क होमियोप्याथिक उपचार सेवाका साथै औषधि वितरण कार्यक्रमबाट एक वर्षमा चार हजार २०७ जना बिरामीले सेवा प्राप्त गरेका छन् ।

यस उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेपछि सातामा एक दिनमात्र दिने गरिएको सेवा अबदेखि सातामा दुई दिन अर्थात् शनिबार र मङ्गलबार पनि होमियो विशेषज्ञ एमके कर्णद्वारा सेवा प्रदान गरिने सो वडा समितिले जनाएको छ ।

साथै निःशुल्क होमियोप्याथिक उपचार सेवाका संयोजक प्रदीप शर्माको अध्यक्षतामा मङ्गलबार बसेको कार्यकारिणी समितिको बैठकले आव २०७०\०७१ को रु तीन लाख ४४ हजार १६ र वासलात रु ७९ हजार ६७३ को प्रस्तुत आयव्यय विवरणको लेखापरीक्षणको प्रतिवेदन पारित गरेको छ ।

सम्बन्धित शिर्षकहरु