पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका नलगाउने

असोज १७ । काठमाडौं,बिरामी अवस्थामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने बताउनु भएको छ ।

डाक्टरहरुको सुझाव अनुसार उहाले यस बर्ष टिका नलगाई आराम गर्नु हुने भएको हो ।

केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयघातको उपचार गराउनु भएका पूर्वराजा ज्ञानेन्द्रलाई डाक्टरहरुले आराम गर्न सुझाएका छन् ।

खानपिनमा पनि ख्याल गर्न उनलाई चिकित्सकहरुको सल्लाह छ । देशमा गणतन्त्र आएपछि पनि पूर्वराजा ज्ञानेन्द्रले हरेक दसैंमा सर्वसाधारणलाई टीका लगाएँदै आएका थियो ।

पूर्वराजा शक्तिपीठहरुमा पनि पूजापाठका लागि पनि गएका छैनन् । यसअघि उनी सप्तमी र अष्टमीका दिन काठमाडौंका शक्तिपीठहरुमा दर्शन गर्न जाने गरेका थिए ।यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तित समयलाई ख्याल गरेर कसैलाई पनि किनारा नलगाई सामाजिक सद्भाव र राजनीतिक समन्वयको माध्यमलाई समुचित गन्तव्य खोज्न आग्रह गर्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु