असोज १४ । रौतहट, रौतहटको चन्द्रपुर नगरपालिका -८ मा यात्रुबाहक बसले विपरीत दिशा बाट आइरहेको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पौराई जंगलको लचकामा ठक्कर दिदा मोटरसाइकल चालक हेटौडा नगरपालिका बस्ने केदारप्रसाद लामिछानेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार हेटौडाबाट पुर्व तर्फ गइरहेको ना.२६ प. ६७७८ नम्वरको मोटरसाइकल लाई जलेश्वरबाट काठमाण्डौ
तर्फ गइरहेको ना.५ ख. १३८३ नम्वरको यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले मोटरसाइकललाई ठक्कर दिएर बस काठमाण्डौ तर्फ जादै गरेको अवस्थामा प्रहरीले वाराको निजगढमा उक्त बसलाई नियन्त्रणमा लिएको बताउनु भयो ।








