दशैको मुखमा पनि एक्सन कटमै व्यस्त निर्देशक मिलन कार्की

SUTING 3गोपिकृष्ण चपागाई । असोज ८ । काठमाडौं ।नजिकीदै गरेका चाडपर्वको बेला सबैलाई टिकट लिएर घरजान हतार भैरहेको छ ।

तर यहाँ निर्देशक मिलन कार्की भने एक्सन कटमै व्यस्त रहनु भएको छ । निकै रमनीय स्थल,चारैतिर हरियाली आकाशमा निलो बादल छलबलाईरहेको बेला निर्देशक कार्की निकै दमदार तरिकाले निर्देशन गर्नमा लागिपरीरहेका थिए । बिगत लामो समय देखि म्युजिक भिडियो एवं फिल्म समेत निर्देशन गरीसक्नु भएका मिलन कार्कीलाई चाडबाडको बेलामा पनि भ्याई नभ्याई छ ।
काठमाडौंको उत्तरी भेगमा पर्ने निकै रमणिय स्थल काभ्रेस्थलीमा भएको आधुनिक गितको सुटिङमा क्यामेरा रोलिङ भन्दै हुनुन्थ्यो क्यामेरा मेन सागर गौतम । डाँडाकाँडा, पातलो बस्ति अनि सुन्दर दृश्यहरुलाई क्यामेरा कैद गर्दै फोकस इन र फोकस आउट गर्दै हुनुहुथ्यो सागर गौतम।

थुप्रै म्युजिक भिडियो छायांकन गरीसकेका क्यामेरामेन सागर गौतमले धेरै पछि यति रमनीय ठाउँमा छायांकन गर्ने अवसर पाएको बताउनु भयो ।

आफ्नो प्रेमीले छोडेर अर्कै सँग लागेपछि बेदना पोख्दै आँशु पुछ्दै थिइन मिस गुरुङ्ग इन्टरनेशल रसिला गुरुङ्ग मोडलको भुमिकामा । त्यस्तै अर्की मोडल अन्जना लिम्बु पनि आफ्नो अभिनय प्रस्तुत गर्दै हुनुहुन्थ्यो ।

त्यस्तै आफ्ना माया प्रकट गर्न आतुर देखिनुहुन्थ्यो नवमोडल प्रेम सोनु । संगित क्षेत्रमा केहि गरौं भनेर अगाडि बढेको र यो क्षेत्र आफ्नो सोक र भबिष्य बनाउँछु भनेर लागेका मोडल सोनु पनि आफ्नो अभिनयलाई उत्कृष्ट बनाउन लागिपरीरहनु भएको थियो ।
गायिका बसन्ती राईको आधुनिक गिती संग्रह ‘खजाना’ मा रहेको ‘धेरै खोजे’ बोलको गित रसिला म्युजिक प्रा.ली. बाट बजारमा आएको हो ।

 

सम्बन्धित शिर्षकहरु