असोज ७ ।बैतडी,नेकपा-माओवादीले उर्जा विकास सम्झौता (पिडिए)को विरोधमा नेकपा-माओवादीले आज सुदूर र मध्यपश्चिममा यातायात बन्द गराएको छ ।
बन्दले आज बैतडीसहित सुदूरपश्चिमको जनजीवन कष्टकर भएको छ ।
बैतडीमा पनि विद्यालय, यातायात, बजर सबै बन्द छन् ।
सरकारले भारतसँग गरेको उर्जा व्यापार सम्झौता पिटिए र उर्जा विकास सम्झौता पिडिएको विरोधमा नेकपा-माओवादीले आज सुदूर र मध्यपश्चिममा यातायात बन्दको घोषणा गरेको छ ।
भारतसँग भएका पिटिए र पिडिए खारेजीको माग गर्दै वैद्य पक्षीय माओवादीले आज एक दिनका लागि महाकाली, सेती, कर्णाली र दाङसम्मका जिल्लामा यातायात बन्दको घोषणा गरेको हो ।
जलस्रोतमाथि नेपाली अधिकारलाई कुण्ठित गरेर भारतीय कम्पनीहरुको एकाधिकार कायम गर्ने गरी सरकारले गरेको सम्झौता खारेजको माग गर्दै विरोधको स्वरुप यातायात बन्दको घोषणा गरिएको नेकपा ममाओवादी बैतडीका जिल्ला सेक्रेटरि पुकारले विज्ञप्ती मार्फत जनाउनुभएको छ ।
यस्तै नेकपा-माओवादीले गरेको पश्चिम नेपाल बन्दका कारण सुर्खेत लगाएतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प रहेका छन् भने बजार पनी पुर्ण रुपमा बन्द भएको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको भारतीय जिएमआर कम्पनीसँग सरकारले गरेको परियोजना विकास सम्झौता (पीडीए) को बिरोधमा उत्रेको नेकपा माओबादीले पश्चिम कमाण्डका भेरी कर्णाली,सेती महाकाली र थारुवान राज्य अन्तर्गतका जिल्ला बन्दको आब्हान गरेको थियो ।
गत ३ गते नेपाल सरकार र भारतीय कम्पनी जिएम आर वीच पिडिए सम्झौतामा हस्ताक्षर भए पछि नेकपा माओवादी सहितका ३३ दलले त्यसको विरोध गर्दै आएका छन् ।
त्यस्तै माथिल्लो कर्णालीमा बिजुली निकाल्नको लागि भारतिए उर्जा कम्पनि जीएमआर सँग पिडिए र भारत सँग गरिएको उर्जा व्यापार सम्झौताको विरोधमा नेकपा-माओवादीले एक दिने भेरी कर्णाली बन्दको आह्वान गरेको छ ।
भेरी कर्णाली बन्दको आह्वान गरेपछि दशैंको बेला बाहिर जिल्लाबाट गृह जिल्ला दैलेख आउने र दैलेखबाट अन्य बाहिरी जिल्ला जाने यात्रुहरु मारमा परेका छन् । पिटिए र पिडिए सम्झौता नेपाली जनताको हित विपरित भएको नेकपा–माओवादीका केन्द्रिय सदस्य एटम डिसीले बताउनु भयो ।







