स्वास्थ्य क्षेत्रलाई मानव सेवाका रुपमा हेर्नु पर्छ : मन्त्री अधिकारी

भदौ २९ । कञ्चनपुर, स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई राजनीतिकरण नागरिकरण मानव सेवाका रुपमा हेर्नु पर्ने बताउनु भएको छ ।
सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल डडेल्धुराको निरीक्षण पछि प्रेस चौतारी नेपाल डडेल्धुराले शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा अधिकारीले
स्वास्थ्य क्षेत्र राजनीति भन्दा धेरै माथि रहेकोले स्वास्थ्य क्षेत्रलाई आफूले राजनीति नभई मानव सेवाका रुपमा बुझेको बताउनु भयो ।

उहाले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले स्वास्थ्य संस्थालाई २४ घन्टा नै खुल्ला राख्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

स्वास्थ क्षेत्रको स्तर उकास्न आफू लागि परेको भन्दै अधिकारीले २० हजार जनताकोबीचमा कम्तीमा १ जना स्वास्थ्य कर्मी पुर्‍याउनका लागि सरकार प्रयासरत रहेको बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु