हत्यामा संलग्न नीरज केसी र सुनील महर्जन मुम्बईबाट पक्राउ

भदौ २८ ।काठमाडौ,साढे तीन वर्षअघि काठमाडौंमा भारतीय व्यवसायी र सोरुमका कर्मचारीको हत्यामा संलग्न नीरज केसी र सुनील महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई अभियुक्त भारतको मुम्बईबाट समातिएका छन् ।

१० चैत २०६७ मा एक्साइड ब्याट्रीको टेकुस्थित सोरुमका कर्मचारी प्रेमकृष्ण महर्जन र २७ चैतमा भारतीय व्यवसायी अञ्जनीकुमार चाचानको गणबहालस्थित पसलमै गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्त पक्राउ परेका हुन् ।

अपराध महाशाखाका अनुसार महर्जनलाई दुई साताअघि नै काठमाडौंबाट पक्राउ गरिएको थियो भने भारतीय प्रहरीको सहयोगमा केसी बिहीबार मुम्बईबाट पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले दुई हत्यामध्ये प्रेमकृष्ण महर्जनलाई व्यक्तिगत रिसइबीमा गोली हानेको र चाचानलाई भने पैसा लुट्ने उद्देश्यले हत्या गरिएको प्रमाण भेटिएको जानकारी दिनु भयो ।

यो समूहका दुईजना राजु डंगोल र अशोक गोले दुई वर्षअघि नै पक्राउ परिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु