भदौ २७ ।चौतारा,सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोबाट थुनिएको सुनकोसी नदीको धारले अरनीको राजमार्गको कोठेमा सडक भाँसिएर अवरुद्ध भएको यातायात आजदेखि सन्चालनमा आएको छ ।
३७ दिन अघिदेखि अवरुद्द सडक अपराह्नदेखि सुचारु भएको हो । नदीको धारले तलबाट तानेर करिब १० मिटर सडक भाँसिएपछि हिजो बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक खरेलले जानकारी दिनुभयो ।
सडकअवरुद्ध भएपछि काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछाप जाने र आउने सवारी रोकिएपछि हजारौँ यात्रुको विचल्ली भएको थियो ।
अवरुद्ध सडक सञ्चालनमा आएपनि लामोसाँधुदेखि ब्राहबिसेसम्म करिब छ किमी सडक भने पैदल यात्रा गरी पार गर्नुपर्ने बाध्यता रहेको छ ।







