बैशाख २४ काठमाडौ,ताप्लेजुङको ल्याम्वाङ ८ मा एउटा जिप सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यू भएको छ भने ९ जना घाईते भएका छन ।
थेचम्बुबाट सदरमुकाम फुङलिङ तर्फ यात्रु बोकेर जाँदै गरेको ग १ ज ५७२८ नम्बरको जिप विहान साढे नौ बजे ल्याम्पाङको भिरबाट खसेर दुर्घटना भएको हो ।
जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ ।ईतेहरुलाई उपचारको लागि सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुर्याईएको छ । शसस्त्र प्रहरीको गस्ती टोली सोही स्थानमा रहेकोले तत्काल घाईतेहरुको उद्दार हुन सम्भव भएको थियो ।








