काठमाडौ,नेकपा एमालेको प्रमुख सचेतकमा अग्नि खरेललाई नियुक्त गरिएको छ ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले खरेललाई बुधवार प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो ।
दुई साताअघि मन्त्रिपरिषद्बाट सभासदमा नियुक्त हुन भएका खरेल अघिल्लो संविधासभा पनि समानुपातिकबाट सभासद बन्नुभएको थियो।
कानुन व्यवसायीसमेत रहनुभएका खरेल संसदीय मामिलिमा जानकार मानिन्छन् ।
चुनाव लगत्तै संसदीय दलको नेता चयन भए पनि प्रमुख सचेतक र सचेतक तोकिएको थिएन । उहाँ अध्यक्ष ओलीको विश्वासपाका रुपमा परिचित हुनुहुन्छ ।








