अख्तियारको मुद्दा मिलाइदिन्छौं भन्ने २ लाख सहित अख्तियारकै कब्जामा

भदौ १७, काठमाडौँ- देशमा अख्तियार अनुशन्धान आयोग सक्रिय हुदै गर्दा ठगहरु अख्तियारकै नाममा ठगि धन्दामा लाग्न थालेका छन् । आज अख्तियारले यस्तै ठगीमा लागेका ५ जनालाई काठमाडौँमा पक्राउ गरेको छ ।akhtiyar

अख्तियारको मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने ५ जना लाइ अख्तियारले  काठमाडौंको रोयल साइनो रेष्टुरेन्टबाट पक्राउ गरिको हो । पक्राउ पर्नेमा माधव अधिकारी, जीवन बम, रामकुमार बस्नेत, रुपक केसी र राजु सुनार रहेका छन् । मुद्दामिलाइदिने नाममा २ लाख लिदैगर्दा को अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । मुद्दा मिलाउन १० लाख रुपैयाँ लाग्ने भन्दै उनीहरुले सुरुमा २ लाख रुपैयाँ मागेका थिए ।

अख्तियारको कस्को मुद्दा मिलाइदिन्छौं भन्दै उनीहरुले रकम लिएका हुन् यस बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ  ।

सम्बन्धित शिर्षकहरु