सिड्नीमा रूवायो ‘भाग्यले बाँचेकाहरूले’

असनेपालन्युज ,सिड्नी । जीवन भाग्यले वांच्ने हरूकै हो । अझ महाविपत्ती पछि वांच्नेहरूको जीवन सृस्‍टि का उपहार हुन्, समय भन्दा पहिला र भाग्य भन्दा वढि कसैलाई मिल्दैन भन्ने उक्तीका उदाहरण हुन्। यस्तै उदाहरणहरूले कुंदिएको एउटा वृत्तचित्र सिड्निमा प्रदर्शन गरियो । २० ७२ साल सँगै विपती बनेर आएको भुकम्पमा परी वाच्नेहरूको विस्मित कथाहरूले भरीएको सोवृत्तचित्रमा रहस्य का ठेली मात्र छैनन् वरू जीवनलाई जित्ने र हार्नेहरूको मनोदशा होसियार पुर्वक सँगलिएको छ ।

भौतिकवाद र अद्यात्मवादको दुवैलाई सुहाउने मानविय नियती देखाईेएको सो वृत्तचित्र प्रदर्शन हुंदा पर्दा भित्रका पात्र र हेर्ने दर्शकहरू सँगै रोए र सँगै हांसे ।
आफ्नो खोजपूर्ण कलालाई निखारेर पत्रकार गणेश पाण्डेले तयार पारेको सो वृत्तचित्रका बारेमा वोल्दै उहांले भन्नु भयो ” महाभुकम्प पछि नेपाल वारेको नकारात्मक हल्ला मेटाउंदै साकारात्मक सोच जगाएर नेपाल सुरक्षित गन्तब्य छ भनेर विश्वसमुदायलाई ” सन्देश दिन यो एउटा दस्तावेज बन्न सक्छ भन्ने अपेक्ष्या गरिएको छ । “

५५ मिनेट लामो सो वृत्तचित्र हर्टस्भिल स्थित सिभिक थिएटर मा प्रदर्शन गरिएको थियो । समुदायका अगुवा प्रतिनिधिइहरूको गुणात्मक उपस्थिती रहेको सो प्रदर्शनिमा पत्रकार तथा निर्देशक पाण्डेलाई उपास्थित दर्शकले स्यावासीका तालीका साथ विभीन्न सुझाव दिएका दिएका थिए ।त्यस्तै सोमबार मेलवर्नको ईष्टोनियम हलमा प्रदर्शन गर्न लागिएको बृत्तचित्रका निर्माता पाण्डेले असनेपालन्यूजलाई जानकारी दिए ।IMG_0720 11817215_10206689702234940_2449126431943900673_n IMG_0730

वृत्तचित्र ईस्टोनियन हाउसमा साँझ ६ः३० बजे प्रदर्शन हुनेछ । त्यस्तै मंगलबार साँझ ६ बजेपछि स्टेट लाईब्रेरी अफ वेष्टर्न अष्ट्रेलियामा पनि बृत्तचित्र प्रदर्शनी हुनेछ । ५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ ।

पत्रकार पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ । बृत्तचित्र प्रदर्शनका लागि स्वयं निर्देशक पाण्डे नै अष्ट्रेलियामा उपस्थित भएका छन् । उनले भने, डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ । काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । निर्देशक पाण्डेका अनुसार पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ ।तस्वीर सौजन्य एम एन टि भी ।

11181087_10206689682034435_4383763843207713815_n 11181087_10206689693114712_3335582977221455835_n 11755386_10206689686754553_821288454200792079_n 11817215_10206689702234940_2449126431943900673_n

सम्बन्धित शिर्षकहरु