भदौ १५, काठमाडौँ- गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्नीमा नेपाल महोत्सब गर्ने भएको छ । एनआरएन न्यु स्टेट समन्वयन परिषदले नेपाली राजदु
ताबाससंगको सहकार्यमा गर्न लागेको महोत्सबमा नेपालका ख्यातीप्राप्त कलाकारको प्रस्तुति समेत रहने छ ।महोत्सबमा नेपालका चर्चित कलाकारहरु अनिल सिंह, निमा रुम्बा सिरिस देभकोटा र रोमा न्यौपाने लगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।
एन आर एन अस्ट्रेलियाका सचिब भरत पोखरेलले एक बिज्ञप्ति जारि गरि महोत्सबमा सहभागी भै नेपाली संस्कृति, खाना र नेपाली कलालाई प्रवर्धन गर्न सबैमा आग्रह गर्नु भएको छ।
महोत्सब यहि सेप्टेम्बर ६ तारिख सनिबारका दिन सिड्नीस्थित डार्लिंग हार्बरमा आयोजना हुने जानकारी दिइएको छ ।








