भदौ १५ । काठमाडौ, सशस्त्र प्रहरी र नेपाली सेनामा झण्डै साढे २ सय पदका लागि भर्ना खुलेको छ ।
नेपाली सेनाले १ सय २० जना अधिकृत क्याडेट पदका लागि भर्ना आव्हान गरेको हो भने सशस्त्र प्रहरीले प्रशासन र प्राविधिकतर्फ ५० जना प्रहरी निरीक्षकसहित १ सय २३ जनाको लागि भर्ना खोलेको छ ।
सेनाले भर्ना खोलेको पदका लागि असोज १३ गतेसम्म र सशस्त्र प्रहरीले भर्ना खोलेको पदका लागि असोज १४ गते सम्म फाराम भर्न सकिने भएको छ ।







