इबोलाबाट बच्ने पाँच सरल उपाय

इबोला संसारको सबैभन्दा खतरनाक भाइरसमध्ये एक हो । यो भाइरससँग फ्लु भाइरससँग जसरी जुझ्न सकिन्न । विशेषज्ञहरुका अनुसार यसबाट बच्न पाँच सामान्य तरिका अपनाउन सकिन्छ । जसबाट यसको संक्रमण केही हदसम्म भए पनि रोक्न सकिनेछ ।
१. साबुन र पानी
आफ्नो हातलाई सधैं साबुन पानीले सफासँग धुने गर्नुस् । हातलाई सुकाउनका लागि सफा तौली प्रयोग गर्नुस् । भाइरस मार्ने यो सबैभन्दा असरदार तरिका हो । हात धुनका लागि कुनै विशेष प्रकारको साबुन आवश्यक पर्दैन ।
प्लान इन्टरनेशनलका डाक्टर उन्नी कृष्णनले बीबीसी अफ्रिकालाई बताएअनुसार हात मिलाउनबाट बच्नु राम्रो । किनभने यो भाइरस शरीरसँगको सिधा सम्पर्कबाट तिब्रताका साथ फैलने गर्दछ ।
२. छुनबाट बच्नुस्
यदि तपाईलाई कुनै व्यक्तिमा इबोलाको संक्रमणको आशंका छ भने यसलाई नछुनुस् । यो भाइरस दिसापिसाव, रगत, उल्टी, पसिना, आँसु, शुक्राणु र योनीबाट हुने स्रावसँगको सम्पर्कबाट फैलने गर्दछ ।
यो रोगको लक्षण अचानक ज्वरो आउनु, कमजोरी, मांसपेशीमा दुखाई महशुस हुनु, गला खसखसाउनु, थकान महशुस हुनु हो । यस्तो अवस्थामा तत्काल चिकित्सकलाई जानकारी गराउनु आवश्यक छ। मेडिसिंस सां फ्राटियर्सका अनुसार इबोला संक्रमित मानिसको कपडा र प्रयोग हुने अन्य कपडा पनि जलाउनु आवश्यक ।
३. शव सहरबाट टाढा लानुस्
यदि तपाईलाई कुनै व्यक्तिको मृत्यु इबोला भाइरसका कारण भएको आशंका लागे त्यस्तो शव छुनबाट बच्नुस् । कुनै विरामी व्यक्तिको तुलनामा मृत व्यक्तिबाट यो भाइरसको संक्रमणको खतरा बढी रहन्छ । जथाभावी शवको व्यवस्थापन खतरनाक हुन सक्छ । त्यसैले यस्ता शव व्यवस्थापनका लागि विशेषज्ञ टोलीलाई चाँडै बोलाउनुस् ।
४. मासुदेखि टाढै रहनुस्
शिकार गर्ने र जनावरलाई छुनबाट बच्नुस् । बाँदर, चिम्पान्जी, चमेरोजस्ता जनावरको मासु नखानुस् । किनभने वैज्ञानिकहरुका अनुसार मानिसमा यो रोगको संक्रमण यही जनावरहरुसँगको सम्पर्कबाट भएको हो ।
यसका साथै खाने कुरा राम्रोसँग पाकेको सुनिश्चित गरेर मात्र खानुस् ।
५. नहड्बढाउनुस्
भ्रमपूर्ण हल्लाहरुले त्रास फैलाउँछ । त्यसैले स्वास्थ्यकर्मीसँग नडराउनुस् । उनीहरु तपाईकै सहयोगका लागि खटिएका हुन् ।
अस्पताल कुनै पनि विरामीका लागि सबैभन्दा उत्तम स्थान हो । यहाँ उनीहरुलाई पानीको कमीबाट बचाउन सकिन्छ । दुखाई कम गर्ने औषधिसमेत दिइन्छ ।
डाक्टर किष्णन भन्छन्–इबोलाको सामना गर्नका लागि बचाउ सबैभन्दा उत्तम तरिका हो । त्यसैले भ्रम फैलनबाट रोक्नुस् । नहडबढाउनुस् । यसबाट समस्या कम गर्न र मानिसको जीवन बचाउन सहज हुनेछ । बीबीसी

 

सम्बन्धित शिर्षकहरु