भदौ १० । काठमाडौं,आफ्नै नातिनीले आफूमाथि लगाएको बलात्कारको आरोप सहन नसकी काभ्रे जिल्लाका एक बृद्धाले आत्महत्या गरेका छन ।
आफूलाई बाबुले बलात्कार गरेको र हजुरबाले पनि अपराधमा साथ दिएको भन्दै एक युवती प्रहरीसमक्ष पुगेपछि काभ्रेको पनौतीका ७३ वर्षीय बृद्धले आज विहानै विष पिएर आत्महत्या गरेका हुन् ।
छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोमबारमात्रै काभ्रेको पनौति नगरपालिका वडा नम्बर २ का कार्की थरका एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
छोरीको उजुरीका आधारमा पक्राउ गरी अभियुक्तमाथि जिल्ला अदालतबाट म्याद गरेर अनुसन्धान भइरहेका बेला अभियुक्तका हजुरबाबुले आत्महत्या गरेको प्रहरीले बताएको छ ।
हाल रक्षा नेपालको संरक्षणमा रहेकी पीडित १७ वर्षीया युवतीले हजुरबाबुलाई सहायक अभियुक्तका रुपमा आरोपित गरेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारीमा थियो ।
प्रहरीको अनुसार नातिनीले आफ्नो पनि नाम पोलेको थाहा पाएपछि उनले बिहानै सेल्फस नामक विष सेवन गरेको थिए ।
४ वर्षदेखि बाबुबाट पटक पटक यौन शोषणमा परेको युवतीको भनाई छ । प्रहरी हिरासतमा रहेका अभियुक्त कार्कीका तीन श्रीमती रहेको र मकाउमा पनि उनले एक युवतीसँग बिहे गरेर फर्किएको स्रोतले जनाएको छ ।
युवतीको उजुरीका आधारमा अभियुक्तमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हजुर्बुवाको आत्महत्याबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।








