कास्कीको पुम्दीभुम्दीमा पहिरोमा परी तीन जना घाइते

भदौ ९ ।पोखरा, कास्कीको पुम्दीभुम्दी गाविस-१ मा पहिरो जाँदा तीन जना घाइते भएका छन् ।

राती २ बजे भएको घटनामा घर पुरिँदा १४ वर्षका कवि गुरुङ प्रणेश गुरुङ र १८ वर्षका सुर्य गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख बसन्त लामाले जानकारी दिनु भयो ।

पोखराको छोरेपाटन नजिकै पर्ने पुम्दीभुम्दीमा गएको यस पहिरोमा परेकाहरुलाई तत्त्तकाल प्रहरीले उद्धार गरेको मानविय क्षती हुन बाट जोगीएको कास्की प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले पोखराको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । यस्तै पोखराको फेवाताल पारी माथिबाट आएको पहिरोले एक होटल पुरेको र पाँच जना फसेकोले उद्धार कार्य भैरहेको प्रहरीले जनाएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति देवकोटा अख्तियारको फन्दामा भदौ ८ । काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका उपकुलपतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपकुलपति प्रा.डा. पदमलाल देवकोटा, रजिष्ट्रार डा. ठकेन्द्र प्रकाश गिरी, सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कँणेल, सेवा आयोगका सदस्य प्रा.डा. श्रीराम प्रसाद उपाध्याय, विज्ञान प्रविधि संकायका डीन तथा कार्यकारी परिषदका सदस्य डा. केशर सिं राना, मानविकी तथा सामाजिक संकायका डीन पिताम्बर ढकाल, व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरन्जा र शिक्षा विज्ञान संकायका डीन लालमणि आचार्य रहेका छन् ।

यस्तै उप-प्राध्यापकहरू गणेशबहादुर रावत र सुधन गौली, अनुगमन अधिकृत पारसराम गिरी, सहायक प्रशासकहरूस जीवन कुमार थापा र गगन सिंह बोहरा, वरिष्ठ सहायक गणेशबहादुर केसी लगायत १४ जना पनि पक्राउमा परेका छन् । उनीहरूले विश्वविद्यालयको कोषको रकम हिनामिना गरी अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणबाट देखिन आएको अख्तियारले जनाएको छ । ईन्जिनियरिङ संकायका डीन प्रा.ई. रामचन्द्र अर्याल र लेखा नियन्त्रक कमल के.सी. भने फरार रहेका छन् ।

सम्बन्धित शिर्षकहरु