राधिका हमाल र रमेश दुलालले पानिमा रुझेरै दर्शक नचाए

गोपिकृण्ण चापागाई । काठमाडौं, नेपाली महिला दिदिबहिनी हरुको महानचाड हरितालिका तिज नजिकींदै गर्दा गायक गायिकाहरुलाई भ्याईनभ्याई छ । नेपाल मनमैजु संघको आयोजनामा

शनिबार भएको बिशिष्ठ महिलाहरुलाई सम्मान तथा समावेशी तिज र बृहत साँस्कृतिक कार्यक्रममा गायिका राधिका हमाल र राष्ट्रिय हाँस्य कलाकार एवं १५९ चराचुरुङ्का स्वरका धनी रमेश दुलालले दर्शकलाई पानिमा रुझी रुझी नचाए । काठमाडौंको मनमैजु लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा हजारौं दर्शकको उपस्थिती थियो ।

नेपाल मनमैजु संघको आयोजनामा भएको कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष तथा सि.एन.एन. हिरो अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । त्यसतै नेपाल महिला संघ मनमैजु गाउँ कार्य समिती अध्यक्ष पार्वती महर्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । बिशेष अतिथिमा काठमाडौं क्षेत्र नं ६ का बिजय उम्मेदवार तथा संबिधान सभा सदस्य एवं नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति माननीय भिमसेन दास प्रधान रहनुभएको थियो । उहाँले नेपाली नारीहरुको महानचाड हरितालिका तिजको उपलक्ष्मा सम्पुर्ण महिला दिदिबहिनी हरुमा शुभकामना व्यक्त गर्नु भयो । साथै यस क्षेत्र नं. ६ मा आवश्यक कुराको खोजी गरी त्यसलाई पुरा गर्न नेपाली कांगे्रसले पहल गर्ने बताउनुभयो । त्यसतै नेता प्रधानले आफु कांग्रेसको नेता मात्र नभएर समग्र नेपालीको हकहितका लागि अग्रसर रहेको कुरा समेत प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र सचिव एवं नेपाल साँस्कृतिक संघका केन्द्रिय महामन्त्री इन्द्र ब. महर्जन, नेपाली कांग्रेस नेता डा. केदार नरसिंह के.सी., त्यसतै २०४९ साल बाग्मती अञ्चल बाटै एउटै महिला मात्रै गाबिस अध्यक्षमा निर्वाचीत महिला बिष्णुदेवी पुडासैनी अतिथीको रुपमा रहनुभएको थियो ।
तिज बिशेष कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार देखि स्थानिय कलाकारको बेजोड प्रस्तुती रहेको थियो । साँझापख उपस्थिती भएकी गायिका राधिका हमालले पानि आउँदा समेत दर्शकलाई रुझी रुझी नाच्ने बनाउनु भयो । हजारौं दर्शकले घाम पानि नभनि तिज गितको मज्जा मात्र लिएनन् एउटै मुखबाट बिभिन्न चराचुरुङ्गीको आवाज, बिभिन्न बाजाहरु सुन्न पाउँदा दर्शकहरु रातिसम्म भएपनि निकै उत्साहित हुँदै कार्यक्रममै रहिरहे । त्यसता प्रतिभाका धनी कलाकार रमेश दुलालले कार्यक्रममा थुप्रै प्रस्तुती दिएका थिए । मादलका प्रकार प्रकारका ताल, सनही, गितार त्यसतै भैसी, बाख्रा, कुखुराका माया प्रितीका कुरा जोडेर कार्यक्रमको माहोल निकै तताएका थिए । उनले दर्शकलाई आफु चडेको स्टेजमा मात्र आँखा हेर्ने बनाएनन् उनले दर्शकको आखाँ माथि माथि आकाश सम्म पनि पुर्याए । दर्शकको आँखा आकाशमा पुग्नुको कारण थियो काग हरु जम्मा भएको देखेर । कलाकार दुलालले कागको स्वर निकालेर कार्यक्रममा काग जम्मा पार्दिएको देख्दा दर्शक अझ उत्साहित हुँदै ‘वन्स मोर वन्स मोर’ भनिरहेका थिए ।

कार्यक्रममा गायिका मिना राई, गायक प्रेम शर्मा, भागिरथ चलाउने त्यस्तै थुप्रै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

 

सम्बन्धित शिर्षकहरु