इँटा उद्योग-व्यवसायी महासङ्घको अध्यक्षमा पुनः चित्रकार

भदौ ८ ।ललितपुर, नेपाल इँटा उद्योग-व्यवसायी महासङ्घको अध्यक्षमा फेरी महेन्द्रबहादुर चित्रकार विजयी हुनु भएको छ ।

यही भदौ ४ गतेदेखि ललितपुरमा सुरु भएको तेस्रो अधिवेशनबाट ३४ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा विश्वराम कवाँ, उपाध्यक्षमा तेजबहादुर चन्द, हरिप्रसाद अधिकारी, विनयकुमार यादव, रामकाजी अवाले, विनितकुमार अग्रवाल र अवदुल हकिम चयन भएका छन् ।

यस्तै महासचिवमा शङ्करबहादुर चन्द रहेका छन् भने सचिवत्रयमा नाराणयण सापकोटा, सफा अलिमिया र कृष्णप्रसाद अवाले रहेका छन् । सहसचिवमा अनजकुमार प्रधान, राजकुमार हमाल र मदनराज पनेरु चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा कृष्ण अवाले, लक्ष्मीप्रसाद तनावासु, वीरवल विश्वकर्मा र सह–कोषाध्यक्षमा बाबुराम पाठक रहेका छन् ।
अ
देशभर सञ्चालनमा रहेका इँटा उद्योगमा देखिएको समस्याको समाधानका लागि महासङ्घ तुरुन्त लाग्ने अध्यक्ष चित्रकारले बताउनुभयो ।

महासङ्घमा मुलुकभरबाट करिब ६०० को हाराहारीमा इँटा उद्योग आबद्व भएको वरिष्ठ उपाध्यक्ष कवाँले बताउनुभयो ।

अधिवेशनबाट गैरकानुनी रूपमा सञ्चालन भइरहेका देशभरका करिब ३०० उद्योगलाई कारबाही गर्न सरकारसमक्ष माग गरिएको समेत उहाँले बताउनुभयो ।

 

सम्बन्धित शिर्षकहरु