ढुङ्गाले लागेर गर्भवती महिलाको मृत्यू

भदौ १ ।ताप्लेजुङ,दाउराको भारी बोकेर फर्कने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर एक गर्भवती महिलाको ज्यान गएको छ ।

इखाबु-१ की २७ वर्षिया मनिता तामाङको शनिबार दिउँसो ३ बजेतिर ज्यान गएको हो ।

इखाबु र खेजेनिम गाविसको सिमामा पर्ने सिकैचा भन्ने ठाउँमा जेठानीसँग दाउराको भारी बोकेर फर्कने क्रममा एक्कासी भिरबाट खसेको ढुङ्गा तामाङको टाउकोमा लागेको थियो ।

उनको घटनास्थलमै ज्यान गएको रानी प्रावि इखाबु–१ का शिक्षक प्रेम खतिवडाले जानकारी दिए ।

परिवारका अनुसार मनिताले असोज पहिलो साता बच्चा जन्माउने चेकजाँचका क्रममा स्वाथ्यकर्मीले डेट दिएको थियो । आर्थिक अवस्था सामान्य परिवारका मृतकका एक पाँच वर्षिय छोरा छन् ।

सम्बन्धित शिर्षकहरु