साउन ३१ ।काठमाडौं, देशको विभिन्न स्थामा गएको बाढी पहिरोमा परी ५३ जनाको मृत्यु भएका छन भने ७५ जना वेपत्ता भएका छन ।
बाढी पहिरोबाट ठुलो मात्रामा भौतिक क्षति भएको छ । मध्यपश्चिममा सबैभन्दो ठूलो क्षति भएको छ ।
गृह मन्त्रालयका अनुसार बाढी पहिरो र ढुबानमा परी ५३ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालयको तथ्याङ अनुसार बाढी पहिरोबाट ७५ जना बेपत्ता भएका छन ।
यसमा गएरातीको संख्या जोड्न बाँकी रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र प्रमुख ढंकनाथ ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज विहानैदेखि देशभरीका विभिन्न जिल्लामा उद्धार कार्य फेरि सुरु भएको छ ।
दाङ, बाँके, कैलाली र सर्खेतमा राती पनि उद्धार कार्य जारी रहेको थियो ।
लगातारको बर्षाका कारण तराईका अधिकांसभाग जलमग्न भएपछि जनजीवन कष्ठकर बनेको छ । पर्वदेखि पश्चिम तराईका अधिकांस गाउँहरु डुवानमा परेका छन् । बाँकेमा मात्रै ३ हजार घर डुवानमा परेका छन् भने कैलालमिा ७ सय घर डुवेको प्रहरीले जनाएको छ ।








