कोरिया जान दुई दिनमा ४० हजारको आबेदन

 

साउन ३०, काठमाडौँ- देशमा रोजगारीका अबशरहरु खुम्चिदै जादा बैदेशिक रोजगारीमा जान चाहने युवाको संख्यामा अकल्पनीय बृद्दी भैरहेको छ । बैदेशिक रोजगारी त्यसमा पनि आकर्षक कमाइ हुने दक्षिण कोरियामा जान ललाईत हुने युवा कमै होलान ।

वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत पाँचौँ पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको दुई दिनमा देशभरबाट ४० हजार ३१ जनाले आवेदन फाराम भरेका छन्।देशभरबाट बुधबार १९ हजार ५४९ र आज २० हजार ७६९ जनाको  आवेदन परेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिनुभएको छ  ।

उहाका अनुसार  डडेलधुराबाट ११३, काठमाडौँ कीर्तिपुरबाट तीन हजार ६४६ र  सीतापाइलाबाट चार हजार  ३०१, ललितपुर च्यासलबाट ३३ सय १०, सुनसरी धरानबाट तीन हजार ८९, रूपन्देही बुटवलबाट दुई हजार ६०८ र कास्की पोखराबाट तीन हजार ६१२ जनाले आवेदन फाराम भरेका छन् ।

सम्बन्धित शिर्षकहरु