सिड्नी। अस्ट्रेलियामा छरिएर रहेका नेपाली युवाहरुको प्रतिभा प्रवर्द्दन तथा नेपाल सहयोगका लागि एक युवा समुहको शुभारम्भ गरिएको छ। अस्ट्रेलियामा विभिन्न विधामा सकृय युवा हरूको प्रतिभालाई उकास्ने तथा नेपालमा उनिहरूको सीप , श्रम तथा अन्य सहयोगलाई पुर्याउने हेतुले ‘नेपाली युथ फोरम अस्ट्रेलिया ‘ (नाफा ) को शुभारम्भ गरिएको जनाइएको छ। सबै पेशा , जाति वर्ग र विचारका युवाहरु मिलेर विश्व जगतवाट नेपाललाई सहयोग पुर्याउन यो संस्थाको शुरुवात गरिएको संस्थाका सँयोजक भरत देवकोटा असनेपाल न्युजलाई बताउंनुहुन्छ । सो सँस्थालाइ एक कार्यक्रमका विच न्यु साउथ वेल्सका महावाणिज्यदुत दिपक खड्काले सिड्निको एशफिल्ड पार्कमा शुभारम्भ गर्नुभयो । उहांले युवाहरुविच फुट्ने हैन जुट्ने अभियान सन्चालन गरिएको मा सबैलाई बधाई दिनुभएको थियो । प्रवासमा रहेका नेपाली युवाहरु विच थुप्रै प्रतिभा रहेको तर एकता को अभावका कारण उल्लेखित उपलब्धि हासिल हुन नसकेको बताउंदै सो अवसरमा उपस्थित बक्ताहरूले नेपाली जन शक्ति राजनीति, जात जाति ,वा कुनै पनि मतमा विभाजन मा पर्न हुने बताउनु भयो । सो अवसरमा गैर आवसिय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष महेन्द्र वोली , एन आर एन केन्द्रिय कार्यसमितिका तर्फ बाट रन्जु थापा,बिष्णु हमाल , संचार क्षेत्र बाट एम एन टिभि तथा असनेपाल न्युजका सम्पादक भीमसेन सापकोटा , नेपाली पत्र अस्ट्रेलियाका सम्पादक ॠषि आचार्य तथा अन्य वक्ताहरू भरत देवकोटा ,हरी लामिछाने ,ध्रुव सुवेदि, धर्म राज अधिकारि, विजय पोख्रेल ,लगायतले नेपाललाई अव केवल बोलेर हैन कामले सहयोग गर्ने बेला आएको भन्दै सबै भेदभाव विर्सेर नेपाली हुँ भन्ने पहिचानका साथ एैक्य वद्द रुपमा सहयोगका हात बढाउन आग्रह गर्नु भयो । अस्ट्रेलियामा करिव ७०हजार नेपाली हरू रहेकोमा सिड्निमा मात्र २५ हजारको हाराहारिमा रहेको अनुमान छ । यो सँख्या मध्ये अधिकाँश युवा जामत रहेको र यो जमातको प्रतिभा स्वदेशका लागि उपयोगी बनाउन विदेशमा युवा जागरण अभियान थालीएको आयोजक संस्थाका पदाधिकारीले जनाएका छन। हाल संस्थाका कार्यकारी संस्थामा १९ जना रहेको र यसलाई अझ विस्तार गर्दै विभिन्न स्टेट र विश्वका अन्य भाग सम्म पुर्याउने लक्ष्य रहेको सँयोजक देवकोटा असनेपाल न्युजलाई बताउनु हुन्छ । मुक्ति पोख्रेल ले सन्चालन गर्नु भएको सो कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका ब्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रममा विनोद मैनालिले सो संस्थामा हाल निम्न लिखित कार्यक्रारि पदाधिकारी रहेको सार्वजनिक गर्नु भएको थियो ।
- Mr. Bharat Devkota President
- Mr. Muktiram Pokharel Vice President
- Mr. Suraj Bhattari General Secretary
- Mr. Sagar Adhikar Secretary
- Miss Srijana Khada Treasurer
- Mr. Binod Mainali -Members
- Mr. Bhuwan Pandey
- Mr. Toyanath Aryal
- Mr. Diwaker Kafle
- Mr. Sameer Aacharya
- Mr.Suwas Lamichani
- Mr. Surya Mohan Sharma
- Mr. Arjun Akeli Chhetri
- Mr. Bijaya Karki
- Mr. Rajesh Timilsina
- Mr. Damodar Rawal
- Mr. Deepak Bhattari
- Mr. Ajaya Rajbanshi
- Mr. Nirmal Dhungana










