नायक श्रीकृष्ण श्रेष्ठको शव आज काठमाडौँ ल्याइदै: आजै अन्त्यष्टि गरिने

असनेपाल न्युज सम्बाददाता/

साउन २६, काठमाडौँ – सनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन हुनुभएका अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाइ सोमबार दिउँसो १ बजे काठमाडौं ल्याइने भएको छ। अस्पतालको डिस्चार्ज र सरकारी प्रक्रियामा केही ढिला भएपछि श्रीकृष्णको पार्थिव शरीरलाई सोमबार दिउँसो मात्र ल्याइन लागेको हो।

चलचित्र विकास बोर्डले जारि गरेको बिज्ञप्ति
चलचित्र विकास बोर्डले जारि गरेको बिज्ञप्ति

भारतीय वायुसेवा निगमको एयर इन्डिया विमानबाट दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको  र्थिव शरीर ल्याइने भएको छ।

श्रेष्ठको शवलाई सोमबार नयाँ दिल्लीबाट काठमाडौं ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने चलचित्र विकास बोर्डले जानकारी दिएको छ । आइतबार एक विज्ञप्ति निकालेर बोर्डले यो जानकारी दिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वेताका अनुसार सरकारी सम्मानका साथ श्रीकृष्णको अन्त्येष्टि गर्न लागिएको हो। श्रेष्ठको को पार्थिव शरीरलाई एयरपोर्टबाट सिनामंगलहुँदै तिनकुने, नयाँबानेश्वर, माईतीघर सिंहदरबार भएर कमलादीस्थित प्रज्ञाप्रतिष्ठान पुर्‍याइने चलचित्र बिकास बोर्डले जनाएको छ।

श्रद्धाञ्जलीको लागि प्रज्ञाप्रतिष्ठानमा दुई घण्टा राखेर अन्त्येष्टीका लागि कमलपोखरी, ज्ञानेश्वर, रातोपुल र गौशाला रुट हुँदै बेलुकी साढे ५ बजेपछि पशुपति आर्यघाटमा पुर्‍याइने भएको छ।

श्रीको पार्थिव शरिरलाई एयरपोर्ट, एकेडेमी र आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर उनलाई सम्मान गरिने भएको छ।

प्रधानमन्त्री सुशील कोईराला श्रीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाप्रतिष्ठानमा उपस्थित हुने जानकारी प्रधानमन्त्री कार्यालयले दिएको बुझिएको छ।

२०२४ साल पुस २४ गते सिन्धुपाल्चोक घुमथाङमा जन्मिनु भएका श्रीको ४९ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।

गत असार २३ गते नायिका श्वेता खड्कासँग विवाह गर्नुभएका श्रेष्ठ निमोनिया बल्झिएपछि उपचारका लागि दिल्ली जानुभएको थियो।

चलचित्र बिकास बोर्ड श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टीको सम्पूर्ण खर्च बेहोर्ने भएको छ।

सम्बन्धित शिर्षकहरु