द्वन्दरत लिबियामा अलपत्र नेपाली उच्च जोखिममा: नेपाल फर्काउने पहल हुन सकेन

साउन २४, काठमाण्डौ- द्वन्द्ले जर जर बनेको उत्तरअफ्रिकी मुलुक लिबियामा कार्यरत करिव दुई सय नेपाली जेखिमपूर्ण क्षेत्रमा फसेका छन् । आफुहरुको जीवन जोखिममा परेको भन्दै उनीहरुले आफूहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । सरकारी निकाय बाट श्रम स्वीकृति नलिई उनीहरु उनीहरु त्यहाँ पुगेको र तिनको कानुनि दायित्व आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै बैदेशिक रोजगार प्रर्वद्धन बोर्डले उद्धारमा खर्च गर्न अस्वीकार गरेको छ ।

लिबियाको सिर्त शहरस्थित एक कोयरियन कम्पनीमा कार्यरत १२६ जना नेपाली कामदार यतिखेर उद्धारको पर्खाइमा होस्टलमा बसिरहेको खबरहरु आइरहेका छन् । द्वन्द्व चर्किदै जाँदा उनीहरुलाई काम लगाइराखेको कोरियन कम्पनी भागेपछि नेपाली कामदार अलपत्र परेका हुन्  ।

‘आइतबारसम्म होस्टल छोडेर जान आदेश आएको छ तर, अहिलेसम्म पनि कसरी फर्किने भन्ने टुंगो छैन’ त्यहाँ फसेका एक कामदारले असनेपाल न्युजलाई फेसबुक मार्फत जानकारी गराए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्रिपोली बाहिरका शहरहरुबाट उद्धारको माग गर्दै नेपालीहरुले कायरोस्थित दूतावासमा सम्पर्क गरिरहेका छन् । अहिलेसम्म करिव २ सय नेपालीले दूतावासमा सम्र्पक गरी उद्धारको अनुरोध गरेको भन्दै कायरोस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

लिविया अन्तराष्ट्रिय हवाइ सम्बन्धबाट विच्छेद भएकाले अब उनीहरु छिमेकी मुलुक ट्युनिसिया हुँदै नेपाल र्फकनुपर्ने हुन्छ । कामदारलाई सुरक्षितरुपमा ट्युनिसिया पुर्‍याउन नेपाल र लिबिया सरकारले सुरक्षालगायतका प्रबन्ध गरिदिनुपर्ने हुन्छ, जुन कायरोस्थित नेपाली राजदूतावासको संलग्नताविना सम्भव छैन ।

बिद्रोहीको भिषण आक्रमणसँगै लिबियामा कार्यरत विदेशी कम्पनीहरु धमाधम बन्द भइरहेका छन् । अन्तराष्ट्रिय हवाइ उडानसमेत बन्द भएका छन् भने छिमेकी भारतसहित बिभिन्न मुलुकले त्यहाँ कार्यरत आफ्ना कामदारलाई उद्धार गरिरहेका छन् ।

लिबियाबाट नेपाल र्फकन चाहने नेपालीको संख्या यकिन गरी पठाउन कायरोस्थित दूतावासलाई निर्देशन दिइसकिएको परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले बताए । ‘उनीहरुलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा छलफल गर्दैछौं’ अधिकारीले भने ।

– See more at: http://www.onlinekhabar.com/2014/08/177287/#sthash.v2omjjoV.dpuf

सम्बन्धित शिर्षकहरु