बलिउड बादशाह साहरुख खान नेपाल आउने: नेहा धुपिया काठमाडौँमा

ठमाडौं, साउन २३ – बलिउडमा किंग खान को उपाधि पाउनुभाएका भारतीय अभिनेता शाहरुख खान काठमाडौं आउने हुने भएको छ । saharukhउहाँ ब्रान्ड एम्बेस्डर रहेको अन्तरार्ष्ट्रिय पेन्ट्स कम्पनीको कान्साई नेरोल्याकले किङ खानलाई काठमाडौं ल्याउन लागेको हो। कम्पनीले पेन्ट्सको प्रबर्धनका लागि पेन्ट्स खरिद गर्ने ग्राहकलाइ सहरुख खान संग नाच्ने मौका भन्दै “डान्स विथ डन” अफर ल्याएको छ। खान दशैँ पछि काठमाडौं आउने कार्यक्रम तय भएको छ।

त्यस्तै, बलिउड अभिनेत्री नेहा धुपिया नेपाल आउनुभएको छ। शुक्रबारदेखि होटल हायातमा सुरु हुने ब्रान्ड फेस्टमा सहभागी हुन उनी नेपाल आउनुभएको हो । कार्यक्रममा सहभागी भएर उहाँ शनिबार साँझ फर्किने कार्यक्रम छ । राजधानी आउनुअघि उहाँले अर्को स्टप काठमाडौं भन्दै फोटो इन्टाग्राममा राख्नुभएको थियो ।

– See more at: http://www.ratopati.com/2014/08/08/157396.html#sthash.dRB6TJeR.dpuf

सम्बन्धित शिर्षकहरु