बँदेलले मकै बाली साखप पारेकोले बैतडीको न्वालीका किसानहरु चिन्तित

बैतडी, २० साउन । जंगली वंदेलले पाक्न लागेको मकै खाएर बैतडीका किसान न्वालीका किसानहरुलाई हैरान पारेको छ ।

पत्थरगढी जंगलबाट समूहमा आउने वदेलहरुले बर्ष दिन सम्मको खाध्यान बाली मकै सखाप पारेकोले स्थानीय वासिन्दाहरुले चिन्तामा डुबेका छन ।

घोगा लाग्ने समयमा खेतमा लगाएका मकै वदेलको आहारा हुनथालेपछि न्वाली ८ नाकाली र दसुरालीका किसानहरु निकै चिन्तित भएका स्थानीय रमेश लुहारले जानकारी दिनुभयो ।

रातदिन बँदेल धपाउन खटिए पनि यसलाई नियन्त्रण गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

आफूले पनि ३ रोपनी जति जमिनमा मकै लगाएको भए पनि सबै बोट भाँचेर वदेलले सखाप पारेको रमेश लुहारको भनाई छ ।

वर्षभरी खान पुग्ने भएकाले न्वालीका किसान मकै वालीमै निर्भर छन् ।

 

सम्बन्धित शिर्षकहरु