सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा मर्नेको सङ्ख्या १८ पुग्यो

साउन १९ ।चौतारा, सिन्धुपाल्चोकको मांखा स्थित जुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या हालसम्म १८ पुगेको छ ।

पहिरोले पुरेको स्थानमा दुईवटा स्काइभेटर प्रयोग गरेपछि आइतबार अपराह्न माङ्खा-१ निवासी छ वर्षीया सुहाना श्रेष्ठको शव निकालिएको थियो ।

सोही स्थानबाट आज बिहान १०:४५ बजेसम्म थप आठवटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको घटनास्थलबाट सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

थुनिएको तलाउले आइतबार बेलुकादेखि नयाँ बाटो बनाएर नदीको रुप लिई पानी बगिरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित शिर्षकहरु