साउन १९ ।संखुवासभा, संखुवासभाको स्याबुन ३ फच्याङ गाउँमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ भने दश जना बेपत्ता भएका छन् ।
आज बिहान १ बजे खसेको पहिरोले तीन परिवारका १० जना बेपत्ता भएका हुन् ।
उनीहरु सुतिरहेका ३ वटा घर पनि पहिरोले बगाएको छ ।
पहिरोले घर बगाएपछि हिजोराति सुतेका १० जना सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर कृतिमान कोइराला, उहाँका श्रीमती र छोरी सहित ३ जना, मेयरमान र उनका श्रीमती, तथा पूर्ण कोइरालाका घरमा सुतेका ५ जना बेपत्ता भएको भाई पुष्प कोइरालाले बताउनु भयो ।
बेपत्ता मध्ये प्रज्वल कोइरालाको सव फेला परेको छ । पूर्ण कोइरालाका घरमा पाहुना आएका २ जना पनि पहिरोमा बेपत्ता भएको अनुमान गरिएको छ ।
३ सय मिटर माथिबाट झरेको पहिरो करिब १ किलोमिटर बगेको छ । उनीहरुसंगै रहेका ४ वटा घर उच्च जोखिममा रहेको छ ।घटनास्थलमा प्रहरी सहित नेपाली सेनाको श्रीदल गुल्मका सेना, अरुण गुल्मका ससस्त्र प्रहरी र नेपाल प्रहरीका ७७ जना सुरक्षाकर्मी सदरमुकाम खादबारीबाट उद्धारकालागि घटनास्थल गएका छन् ।
सदरमुकाम खादबारीबाट घटनास्थलबाट पुग्न ५ घण्टा पैदल हिड्नु पर्छ ।








