सार्वजनिक लेखा समितिको सभापतिमा शर्मा निर्वाचित हुने पक्का

साउन १६ ।काठमाडौ, व्यवस्थापिका संसद मातहतको सार्वजनिक लेखा समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ ।

समितिको सभापतिका लागि एकीकृत माओवादीका जनार्दन शर्माको मात्र उम्मेदवारी परेका कारण शर्मालाईनै निर्विरोध निर्वाचित भएको घोषणा गरिन लागिएको हो ।

बिहान ११ बजेदेखि सिंहदरबारमा निर्वाचन प्रक्रियामा सुरु भैरहेको छ ।

निर्विरोध निर्वाचित भएको घोषणा भएपछि उहाँले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनुभयो ।

सभापतिको उम्मेदवारीका लागि शर्माको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा एकीकृत माओवादीका डोरप्रसाद उपाध्याय रहनुभएको छ ।

लामो समयदेखि संसद् अन्तर्गतका विभिन्न समिति सभापतिविहीन भएपछि सभामुख सुवासचन्द्र नेम्वाङले लेखा समितिको सभापतिको निर्वाचन गर्न निर्देश दिनु भएको थियो ।

सम्बन्धित शिर्षकहरु