साउन १४ । सोलुखुम्बु, जङली च्याउ खाँदा सोलुखुम्बुको केरुङ-९ च्याङसारका एक व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय जंगलमा भेटिएको च्याउ खाँदा नाङसेरे शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफूहरु तिल्पुङ जंगलमा च्याउ खोज्न गएको र त्यहाँ भेटेको च्याउ खाँदा केही समयमै श्रीमान विरामी भएको शेर्पाकी श्रीमती ल्हामुले बताउनु भयो ।
बिरामी परेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएका शेर्पाका राम्रो उपचार नभएका कारण शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।








