नेपाली संगीत बजारमा सिआरविटी(CRBT)को चोरी धन्दा मौलाउदै

रमेश अधिकारी- असनेपाल न्युज सम्बाददाता/

साउन १२, काठमाडौँ- नेपाली संगीत बजारमा अडियो क्यासेट चक्का बिक्रि हुने कुरा त इतिहास नै बनिसक्यो । डिजिटल प्रविधिले गर्दा गीत किनेर सुन्ने भन्ने संस्कार नै ओझेल परेको वर्तमान अबस्थामा सिडी पनि बिक्रि हुन छाडिसकेको छ । अहिलेको डिजिटल संगीत ब्यबसायमाNTC-CRBT-PAGE_How-to-add-CRBT-in-Mobile कलाकारको आम्दानीको एकमात्र बिकल्प सिआरविटी सेवा हो । यहि सेवा पनि अहिले सिआरविटी चोरको कमाउ धन्दा बन्न पुगेको छ ।

म्यूजिक कम्पनि र केहि कलाकारकै संलग्नतामा सिआरविटी चोरी हुनथालेपछि संगीत व्यवसायीका लागि लक्षित गरेर नेपाल टेलिकमले सुरु गरेको सिआरविटी सेवाको गरिमा ओरालो लाग्दै गएको छ ।

कसरि चोरिन्छ सी आर वि टि ?

केही बर्ष अघि अरुको मोवाइलमा सिधै सिआरबिटि राखिदिन मिल्ने गर्थ्यो । त्यतिबेला कलाकार र संगीत कम्पनीहरु अरुको मोबाइलमा सम्बन्धित व्यक्तिले नै थाहा नपाउने गरि एनटिसीको वेबसाइट मार्फत सिआरबिटि राखिदिने गर्थे । केहि महिना अगाडी चर्चाको शिखरमा रहेका केहि लोक कलाकारहरु सिआरविटि चोरेको अभियोगमा प्रहरी खोरमा समेत पुगेका थिए । तर नेपाल टेलिकमले त्यो सुबिधा हटाएपछि सिआरविटी चोर्ने तरिका अहिले बदलिएको छ । अहिले कसैले पनि अरुको मोबाइलमा सिआरबिटि राख्न मिल्दैन । त्यसैले आफ्ना गीत चलेका देखाउन र नेपाल टेलिकमको वेबसाइटमा हुने सिआरविटीको टप टेनमा आफ्नो गित पार्न अहिले कलाकारदेखि व्यवसायीसम्मले १७ रुपैया ५० पैसा खर्चिएर सिआरविटीको खेती गर्दै आएका छन् । पहिले १२ रुपैया ४३ मा चोरिने सिआरविटीको खर्च अहिले १७ रुपैयामा पुगेको हो ।

चोर्ने तरिका घुमाउरो र आफ्नै मोवाइल प्रयोग गर्न पर्ने हुँदा उल्लेखित रकम लागेको हो । नाम नबताउने शर्तमा अहिले टप टेनमा गीत ल्याएका एक कलाकारले भने ‘ भन्न त नमिल्ने हो तर टप टेनमा गीत ल्याउन त्यस्तै ३५ हजार खर्च गरेको छु । ’ उनी भन्छन् अहिले टप टेनमा देखिने गीत त्यही तरिका अपनाएर सुचिमा पारिएको हो । पछिल्लो समयमा कलाकार र म्यूजिक कम्पनिले टेलिकमको पोष्पेड मोवाइलबाट चोरी धन्दा गर्दै आएका छन् । एक पटक १२ रुपैया ४३ पैसामा सिआरविटी राखेपछि त्यसैलाई डिलिट गरेर फेरी सोही गीत राख्दा १७ रुपैया ५० पैसा लागत लाग्छ ।

सम्बन्धित शिर्षकहरु