एनआरएन अष्ट्रेलियाद्वारा रोल्पाको बिद्यालयलाई ४ लाख सहयोग

साउन १२, काठमाडौँ nrn_australia– एनआरएन अष्ट्रेलियाद्वारा नेपालका दुर्गम बिद्यालयलाई सहयोग पुरयाउने बिद्यालय सहयोग योजना अनुरुप रोल्पाको बिद्यालयलाई ४ लाख रुपैयाँ सहयोग गरिएको छ ।

एनआरएन अष्ट्रेलियाले यही महिनादेखि नेपालका दुर्गम विद्यालयलाई भौतिक, पाठ्यपुस्तक लगायतका सहयोग पुरयाउने उद्देश्यले विद्यालय सहयोग योजना अघि सारेको हो । सोही योजना अन्तर्गत पहिलोपटक रोल्पाको ठुले गाविसमा रहेको जनता माध्यमिक बिद्यालयलाई ४ लाख रुपैयाँ सहयोग गरिएको हो ।

अत्यन्तै दुर्गम स्थानमा रहेको उक्त बिद्यालय का विद्यार्थीहरु बस्ने स्थानको अभावमा चौरमा बसेर अध्ययन गर्नु परिरहेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

एनआरएन अष्ट्रेलिया अन्तर्गत विद्यालय सहयोग योजनाका संयोजक सचिन्द्र थापाले उक्त रकम सहयोग गरेका हुन् । उनले आफ्नो सानो सहयोगले उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सहज र सरल शिक्षा पाउने विश्वास लिएका छन् ।

एनआरएनको यो योजनालाई पहिलोपटक कार्यन्यवनमा ल्याउँदा आफुले सहयोगी भूमिका खेल्न पाएकोमा आफुलाई गर्व लागेको उनले बताए ।

४ सय ४७ विद्यार्थीहरु अध्ययनरत उक्त बिद्यालयमा जम्मा ६० वटा मात्र डेस्क बेन्च रहेको र ४ घण्टासम्म हिंडेर बिद्यालय आउनुपर्ने बाध्यता छ । उक्त बाध्यतालाई केही मात्रामा भएपनि कम गर्ने उद्देश्यले उक्त सहयोग गरिएको एनआरएन अध्यक्ष महेन्द्र ओलीले बताए ।

‘हामी यहाँ रहेका व्यक्तिहरुले कुनै न कुनै माध्यमबाट दुर्गम स्थानका बिद्यालयहरुलाई सानो सहयोग गर्न सकौं भन्ने उद्देश्यले नै यो योजना अघि ल्याइएको हो । उनले कान्तिपुरसँग भने- यही महिनादेखि सुरु गरिएको यो योजनालाई हामी प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याउँनेछौं ।’

यसपहिले पनि एनआरएन अष्ट्रेलियाले नेपालको दुर्गम भेगमा रहेका बिद्यालयहरुलाई सहयोग गर्दै आएको छ ।

साभार: इ- कान्तिपुर

सम्बन्धित शिर्षकहरु