एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/
साउन ११, काठमाडौँ – भारतमा एक किशोरका २०० दांत झिकिएका छन् । डेन्टल ट्युमर भएका ती युवाको मुखमा २०० वटा दाँत पलाएका थिए । भारत बुल्धानाका १७ बर्षीय बिध्यार्थी आशिक गाभाको मुखमा पलाएका दाँत ४ जना डाक्टरको संलग्नतामा ६ घण्टा लामो अपरेशन पछी हटाइएको हो । भारतको बम्बइस्थित जे जे हस्पिटलमा उनको अप्रेसन सम्पन्न भएको हो ।

सी एन एन को अनलाइन संस्करणले बताए अनुशार ती किशोरको मुखमा २३२ ओटा ससाना दाँत पलाएका थिए । odontoma भन्ने रसायन अत्यधिक मात्रामा उत्पादन हुदा उनको मुख दातै दाँतले भरिएको थियो । त्यसरी अस्वाभाविक रुपमा पलाएका दाँत उनको तल्लो गिजाभित्र हड्डीमा जोडिएका थिए ।
उनको सल्याक्रियामा संलग्न चिकित्सकका अनुशार सल्यक्रिया जटिल भएको र उनको गिजा पूर्ण रुपमा ठिक हुन् ५/ ६ महिना लाग्ने छ । ती किशोर अहिले अस्पतालमै उपचाररत रहेका छन् ।








