नेपाल-भारत संयुक्त आयोजना बैठक आजदेखि सुरु

साउन १० । काठमाडौं,सिमाना तथा सीमा व्यवस्थापन लगायत विभिध पक्षमा छलफल गर्न नेपाल-भारतबीचको संयुक्त बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

काठमाडौंमा बस्ने बैठकको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेशमन्त्री सुष्मा सोराजले गर्नेछन् ।

बैठकमा राजनीति, सुरक्षा, सिमाना तथा सीमा व्यवस्थापनका साथै आर्थिक सहयोग, पूर्वाधार, उर्जा तथा जलस्रोत र संस्कृति, शिक्षा र मिडियालगायत पाँच एजेन्डाका बारेमा छलफल हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै बैठकले विगतमा भएका सन्धि, सम्झौता र समझदारीबारेृ पुनरावलोकन गरेर बाधा, व्यवधान देखिए हटाउन समयसीमा तोकेर अघि बढ्ने विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

२३ वर्षपछि हुन लागेको दुई दिने यो बैठक विशेषतः नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो बनाउने, आपसी समझदारी बढाउने र विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने दुवै देशको अपेक्षा रहेको छ ।

सम्बन्धित शिर्षकहरु