आन्दोलन वर्षौ सम्म पनि लम्बिन सक्छ :अध्यक्ष ठाकुर

काठमाडौं, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजतन्त्रको विरोधमा आफुहरु चार वर्ष सम्म सडकमै रहेको भन्दै आफुहरुको जारी आन्दोलन वर्षौं सम्म पनि जान सक्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालमा भएको एक कार्यक्रममा शनिबार बोल्दै ठाकुरले सीमा नाकामा जारी धर्नाबारे मधेसी मोर्चामा समिक्षा हुने जानकारी दिनु भयो ।
उहाले २० गतेभित्र मोर्चाको बैठक बस्ने र अहिलेसम्मको सम्पूर्ण कार्यक्रमको समिक्षा गर्ने बताउनु भयो ।

संविधान संशोधनले आफूहरुको माग आंशिक रुपमा मात्रै सम्बोधन भएकोले माग पुरा नभएसम्म आन्दोलन जारी रहने उहाको भनाइ थियो ।
प्रत्रकारहरुको प्रश्नको जवाफ दिँदै ठाकुरले भन्नु भयो, ‘जनताले आन्दोलन नरोक्न दबाव दिएका छन् ।’

वार्तालाई आफूहरुले कहिल्यै अस्विकार नगरेको स्पष्ट पार्दै मधेसी मोर्चाका नेता ठाकुरले अहिलेसम्म भएको वार्तामा परिणाम नाअेको गुनासो गर्नु भयो ।

सम्बन्धित शिर्षकहरु