काठमाडौँ,रसुवालाई केन्द्रिबन्दु बनाएर फेरि भूकम्प गएको छ।
आज बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
गत वैशाख १२ गते गएको भूकम्पपछि योसहित चार रेक्टर स्केलभन्दा माथिका ४०५ परकम्प गइसकेको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।








