झुन्डिएको अवस्थामा युवतीको शव फेला

साउन १० ।गौशाला,महोत्तरी जिल्लाको रतौली गाविसमा झुन्डिएको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।

रतौली गाविसस्थित एक आँपको बोटमा स्थानीय रञ्जीत मण्डलकी पत्नी २२ वर्षीया मिन्टुदेवी मण्डलको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत वैशाखमा मात्रै बिहे भएकी महिला मिन्टुदेवीले घरायसी विवादका कारण आफैँ झुन्डिएको प्रहरीको अनुमान छ ।

सम्बन्धित शिर्षकहरु